Home Events  FNCCI Election Surkhet

FNCCI Election Surkhet

Event : FNCCI Election Surkhet

Organizer : FNCCI, SURKHET

Venu : Birendranagar-6, Surkhet

Date : 7 May 2012

Time : Day

सुर्खेत २४ बैशाख । सुर्खेत उध्योग वाणिज्य संघ सुर्खेतको नया कार्यसमितिका लागि बैशाख २५ गते मतदान हुने भएको छ । जिल्ला विकास समिति सुर्खेतको हलमा आज हुन गईरहेको निर्वाचनमा २१ पदका लागि ४८ जनाको उम्मेदवारी परेको छ । व्यवसायीक एकताका लागि भन्दै पदम बहादुर शाहि अध्यक्ष पदका लागि सहित २१ जनाको एउटा समुहले उम्मेदवारी दिएका छन् भने रोकिएका काम पुरा गर्न भन्दै विष्णु बहादुर शाहि अध्यक्ष पदका लागि सहित २१ जनाको एउटा समुहले उम्मेदवारी दिएका छन् भने बाकी सात जनाले स्वतन्त्र उम्मेदवार भर्न्दै विभिन्न पदमा उम्मेदवारी दिएका छन ।

अध्यक्ष पदका लागि दावेदार दुई प्रतिस्प्रधिहरुमध्ये पदम बहादुर शाहि संघका पुर्व महासचिव हुन । व्यवसायीक एकता र व्यापारीक हितका लागि अध्यक्ष पदमा आफुले उम्मेदवारी दिएको पदम बहादुर शाहिको दावी रहेको छ । सुर्खेतका पर्यटकिय तथा सास्कृतिक सम्पदाको प्रचारप्रसार सर्र्को जडिबुटि संकलन तथा प्रसोधन केन्द्रको स्थापना व्यवसायीक कृषि खेती र कृषिजन्य उद्योगको प्राबधान विरेन्द्रनगरमा चिस्यान केन्द्रको स्थापना र २०७० साल पर्यटकका लागि गन्तव्य सुर्खेत बनाउने योजना रहेको अध्यक्ष पदका लागि दावेदार पदम बहादुर शाही बताउछन् ।

पदम बहादुर शाहि नेतृत्वको समुहको बरिष्ठ उपाध्यक्ष्ँमा गणेश प्रसाद खराल, वाणिज्य उपाध्यक्षमा जगत बहादुर खड्का, उद्योग उपाध्यक्षमा प्रकास अधिकारी, महासचिवमा मदन बहादुर खड्का, सचिवमा उदय राम डा·, कोषाध्यक्षमा प्रकास उप्रेती सदस्यहरुमा र्सुर्य विक्रम थापार्,इन्द्र बहादुर थापा, इन्द्र प्रसाद शर्मा, कृष्ण प्रसाद सुवेदी प्रेम बहादुर महतरा, गोपालकृष्ण गिरी, देवेन्द्र कोईराला, सुरज गौतम, भक्त बहादुर आर सी, दिपेन्द्र ढकाल, भुपाल पुन मगर, गोविन्द्र पाण्डे महीला सदस्य हरुमा तुल्सी देवी कडेल -सापकोटा), कृष्ण कुमारी पाण्डेले उम्मेदवारी दिएका छन् ।

दुवै समुहमा उम्मेदवारहरुले चुनाव प्रचार प्रसारलाई व्यापक रुपले अघि बढाएका छन् । आईतबार पदम बहादुर शाहिको नेतृत्वको समुह लगाएत दुवै समुहका उम्मेदवारहरुले माईकिङ पम्पलेटि·, मोटरर्साईकल र्‍याली गर्नुका साथै प्रचार प्रसारका क्रममा व्यक्तिगत रुपमा उध्योग व्यापारी व्यवसायीहरुसंग भेट गरेर आफुलाई मतदान गर्न अनुरोध गरेका थिए । पदम बहादुर शाहिको नेतृत्वको समुहको सुनिश्चित विजयी हुने उध्योगि व्यापारीहरुले बताएका छन् । मतदान प्रक्रिया आज विहान आठ बजेदेखि साझ पा“च बजेसम्म रहने र मतदान प्रक्रिया सकिएपछि मत गणना शुरु हुने निर्वाचन समितिले जनाएको छ ।