निर्माण भएको वर्षदिन नबित्दै सडकमा मोटर चल्न छोडे
Author : Kankrebihar Daily, Date : 23 Jul 2012
विष्णु शर्मा, दैलेख, ८ साउन - दैलेखमा सञ्चालित ग्रामिण पहुच परियोजना अन्तर्गत करिव ६७ करोड लगानी गरी निर्माण गरिएको ४८.८ किलोमिटर सडक एक वर्षपनि टिकेन । निर्माण भएको वर्षदिन नबित्दै सडकमा मोटर चल्न छोडेका छन् । विभिन्न ठाउमा भत्किएर पैदल यात्रा गर्नसमेत कठिन भएको छ ।
दोस्रो परियोजना अन्तर्गत गत बर्ष तीनवटा स्थानमा ४८.८ किलोमिटर सडक निर्माण गरिएको थियो । उक्त सडक निर्माणका लागि गत वर्ष ३२ करोड खर्च भएको थियो भने यसअघि सञ्चालन गरिएको ग्रामिण पहु“च पहिलो परियोजनामा ३५ करोड खर्च भएको थियो । ग्रामिण पहु“च परियोजना अन्तर्गत चुप्रा–मेहेलतोली सडक खण्डमा १२ करोड ३८ लाख १३ हजार ८६ रुपैया“ खर्च गरिएको छ । त्यस्तै देशीगाडे महावु सडक खण्डमा ९ करोड ४८ लाख ७८ हजार ७ सय ४७ रुपैया“ खर्च गरिएको छ भने रामाघाट सिंहासैन सडक खण्डमा ९ करोड २७ लाख ३० हजार ८१ रुपैया खर्च गरिएको छ ।
अहिलेसम्म भएको खर्चको विवरण हेर्ने हो भने उक्त सडक पक्कि बनिसक्नुपर्ने हो । तर, ठेकेदारको लापरवाही र सम्बन्धित निकाय तथा स्थानीयहरुको अनुगमनको कमीले गर्दा सडक गुणस्तरहीन बनेको छ । करोडौ रुपैया“ बजेट खर्च भएर पनि सडकको बेहाल रहेको उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष शान्ति शर्माले बताए । ‘जिल्लाको प्रमुख व्यापारिक केन्द्रकारुपमा रहेका सडकहरुमा यातायातका साधानहरुसमेत चल्न सक्दैनन् यसले ग्रामिण क्षेत्रका सर्वसाधारणहरु निकै मर्कामा परेका छन्’ उनले भने । विगत ६ महिना अघि करोडौं खर्चेर निर्माण गरिएका सडकहरु बर्षायामस“गै सबै बन्द भएका छन् भने नारायण नगरपालिका नजिकका वडाहरुमा समेत यतिवेला विरामी बोक्ने एम्बुलेन्सहरु चल्न सकेका छैनन् ।
९ वर्षअघिदेखि सञ्चालित परियोजना अन्तर्गतका कुनै पनि सडक अझै पूर्णरुपमा निर्माण भइसकेका छैनन् । तर, निर्माण हु“दै गरेका कतिपय स्थानमा भत्कंदै, पुरिंदै र मासिदै गएका छन् । दसरतेमाथि रहेको नागगौडाको भीरमा निर्माण गरिएका ५० मिटर लम्बाईका सबै जालीहरु एकैपटक भत्किएका छन् । बाटोको भित्री भागमा कडा चट्टान भएकोले २१ मिटर अग्ला जालीहरु निर्माण गरिएको थियो । तर, निर्माणमा स्थानीयको लापरवाहीका कारण भत्किएको ग्रामिण पहु“च दोस्रोले दावी गरेको छ । तर, परियोजनाले निर्माणमा स्थानीयलाई नलगाई ठेक्कामा दिएकाले यस्तो भएको बताउ“छन् ।
एकैपटक जाली भत्केपछि करिव ५० लाख भन्दा बढी क्षति भएको स्थानीयले बताए । देशको सबैभन्दा उच्च भू–भागमा बाटो निर्माण गरिएको नाउ“मै जिम्मेवार पदाधिकारीहरुबाट निर्माणमा लापरवाही भएका कारण ९ बर्षसम्म सडक संचालन हुन नसकेको उद्योग वाणिज्य संघका अध्यक्ष शर्माले बताए ।
ग्रामिण पहु“च कार्यक्रमले निर्माण गरेको मेहेलतोली सडक खण्डमा समेत यही समस्या देखिएको छ । महेलतोली सडक खण्डका विभिन्न स्थानहरुमा समेत जाली भत्किएको गुनासो स्थानीय बासिन्दाहरुले गरेका छन् ।
- सुर्खेतमा विश्व बैंकको पाँच करोड -
20 May 2013 - चिसापानीमा मानव कंगाल भेटियो -
23 Apr 2013 - सुगमले तताय, गोपालले रुवाए -
20 Apr 2013 - सुदूरपश्चिममा आज ‘विषु पर्व’ मनाइँदै -
13 Apr 2013









