सुर्खेत जिल्ला एक विविधता अनेक
सुर्खेत जिल्ला नेपालको मध्यपश्चिमाचल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम हो । जसको आकार झन्डै नेपालको नक्सासंग मिल्दोजुल्दो छ । पश्चिम तिर सुकेको र पुर्वतिर फुकेको क्षेत्रफल रहेको सुर्खेत जिल्लालाइ वरिपरिवाट ७ वटा छिमेकि जिल्लाहरुले घेरेको छ भने भौगोलीक आकर्षण रमणिय स्थल जैविक विविधता र अद्धितिय प्राकृतिक सौन्दर्य एवं विभिन्न धर्म संस्कृति प्राचिनकला साहित्य पुरातात्वीक स्थल शैक्षिक उर्भरताले पर्यटकिय क्षेत्रको वजिलो गरिमा वोकेको आभास जोकोहिलाइ हुनु स्वभाविक हो । अझै भन्नुपर्दा मध्यपश्चिमका १५ वटा जिल्लाहरु वाट मात्र छैन नेपालका कैयौ क्षेत्रका मानिसहरुको चहल पहल र आवतजावतका निम्ती साँच्चै सुर्खेत उपत्यका अत्यन्तै रमणिय उपत्यकाको रुपमा पाइन्छ भने सुर्खेत जिल्ला भित्र पर्ने पश्चिम तिरका कैयौ उप उपत्यका मिलेको पहाडि क्षेत्र ठुल्ठुला समथर उर्भरा भुभाग विशालरुपमा फैलीएको वनजंगलले गर्दा साँच्चै सुर्खेत नेपालकै ७५ जिल्लाहरुमध्इ आकर्षक र सम्भावनाले चुलिएको जिल्ला हो भन्नु हाम्रा लागि गौरवको कुरा हो ।
Heritages of Surkhet District - A video
The video is a collection of Surkhet's pictures and Furnished with dulcet
Map of Surkhet District - Map

उत्तरतिर चुरेपर्वत र दक्षिणतिर महाभारत पर्वतको विचमा अवस्थीत सुर्खेत उपत्यका भित्र विभिन्न पर्यटकिय स्थलहरु छन त्यसमध्यकै एतिहाँसिक र महत्वपुर्ण स्थल काँक्रेविहार सदावहार उत्तिकै वेगमा वगिरहने बुलबुले ताल आस्था र विश्वासकि पुाज देउतिवज्यै लगाएत कालीका मन्दिर लाटिकोइली सिवालय कमलेश्वर महादेव रामजानकी मन्दिर बटुक भैरव गोठिकाँडा मल्ला काँडा यो उपत्यका भित्र र आसपासका महत्व पुर्ण स्थान हरु हुन भने चमेरे गुफा जाजुरा दहताल चुलीको लेखभेरी कर्णालीको दोभान पाचपुरी डाँडा लगाएतका विभिन्न अरु रमणिय स्थानले सुर्खेत साँच्चिकै वेहुली झै सुन्दर सफ मनमोहक भइ सजिएको छ ।
सुर्खेतको पहिचानका निम्ती काँक्रेविहार एक महत्व पुर्ण स्थान हो । सुर्खेत उपत्यकाको मध्यभागमा रहेको यो काक्रेविहार पुर्व उत्तरमा देउति वज्यै पर्दछ भने सुर्खेत उपत्यकाको प्राय जुनसुकै ठाउँवाट देख्न सकिन्छ हरीयाली घना जंगलमा ठीक काँक्राकै चिराजस्तै आकारमा फैलीएको यो काक्रेविहार इलाकातिर फर्केर हेर्न जोकोहिलाइ झ्वाट्टै मोहनी लगाइ आकर्षणले आफुतिर तान्ने सुन्दर क्षमतालेनै यसको महिमा वुझ्ने जोकोहिका लागी पर्यटकिय गन्तव्य वन्नु स्वभाविक भएको छ । अर्थात सुर्खेत पुग्ने जोकोहिलाइ एकपटक दृष्यावलोकन गर्न जान वाध्यनै बनाइदिन्छ यसको महिमा र सुन्दरताले ।
अझै उत्खनन कै क्रममा रहेको यस काक्रेविहारमा महाभारत कालीन अनेकौ कला कौशलता देख्न सकिन्छ । जुन आठौ सताव्दीतिर निर्माण भएको हुनसक्छ तत्कालीन अवस्थामा विहारनिर्माणमा सिमेन्ट र चुन प्रयोग नभएका विभिन्न ढुंगाका खम्वा र मुर्तिहरु अनगिन्ती आकृतिहरु देख्न सकिन्छ । जब हामि काक्रेविहार पुग्दछौ नियालेर हेर्यो भने लाग्छ महाभारतकालमा विशाल दैवि शक्तिको आडमा हातले निर्माण भएको हुनुपर्छ भन्ने अड्कल र अनुमान हामि सवैले लगाउन वाध्यनै हुन्छौ ।
काक्रेविहारको उत्तरतिर फैलिएको बुलबुलेताल अर्थात बुलबुले उधान एक सुर्खेतको अर्को महत्वपुर्ण पर्यटकिय स्थल हो । विरेन्द्रनगर बजारदेखी लगभग १२०० मीटर पुर्व दक्षिणमा पर्ने यो बुलबुले उधान क्षेत्र सुर्खेत उपत्यकाको मध्यविन्दु मानिन्छ । करिव २६ विगाह क्षेत्रफलमा फैलिएको यस उधानमाआँपकपुरलिचीसिसौजामुनीखयर
धुपिसल्लालगाएत अनेकौ साना ठुला प्रजातिका वोटहरु देख्न सकिन्छ भने सयपत्री गुरधौली पिनालुपत्ति हजारी मखमली गलैँचे गुलाव आदी आदी फुलहरुको वगैँचाले हर समय बुलबुलेताल र वरिपरीको उधानक्षेत्र बिवाहको दिन िसंगारीएकी बेहुली झै झकिझकाउ सजीसजाउ देख्न सकिन्छ ।
उधानमा प्रवेश गर्ने जोकोहिलाइ यत्रतत्र छरीएका प्रतिक्षालय विभिन्न विरुवा र बगैचाको सुगन्धित सितलताले गर्दा पर्यटक र स्थानिय सवैको मन चुम्वकले फलाम तानेझै तानीरहन्छ । उधानको विचमा रहेको बुलबुले तालभित्रवाट भुल भुल निस्कने पानिको प्रभावले गर्दा त्याहाँ पुग्ने सवैको ध्यान केन्द्रित भएको सहजै देख्न पाइन्छ ।
यसैगरी भध्यपश्चिमााचल विकास क्षेत्रकै आस्थाको पुाज र आस्थाकाी देवीका रुपमा परिचीत गंगामाला देउतिवज्यै माइलाइ सुर्खेतको अर्को महत्वपुर्ण पर्यटकिय स्थलको रुपमा लिइन्छ । मध्यपश्चमकै धार्मिक आस्थाका रुपमा रहेको गँगामाला भेरी नदिमा बग्दै आउँदा राजीको माछामार्ने जालमा अड्किएको मुर्तिलाइनै ल्याएर त्याहा स्थापना गरी गंगामाला नामाकरण गरिएको भनाइ छ । प्रत्यक बर्ष ज्यष्ठ पुर्णिमामा र मंसिर पुर्णिमामा देउति वज्यै गँगामालाको ठुलो पुजाआजा हुन्छ भने अन्य समयमा नब वर्ष विजयादशमिका वेला ठुलो भिडलाग्नुका साथै सनिवार र विदाका दिन विधार्थिहरुको भिड लाग्ने गर्दछ । फलफुल खीर दुधपुरीनरीवलध्वजा अक्षता देउति वज्यैलाइ चढाइन्छ भने उनका वाहन वजिरलाइ पशुबली दिइन्छ र उनका पुजारी राजी थरकै छन । देउति वज्यै भाकल गरे आफ्ना भविष्य पुण्य हुने र दुख कष्ट हट्ने विश्वास रहिआएको छ ।
भेरीको छालका वरीपरीका बस्ती र स्थान अनी चमेरेगुफा चुरेपहाडमा रहेको रमणीय दह ताल अनी हरियाली बनजंगल मात्र होइन चुन ढुंगामा नेपालमै उत्कृष्टताले सिमेन्टखानी लगाएत सिसाखानी र त्यस्तै अनेकौ विषयलाइ हामीले थाहा पायौ भने एक पटक पनि सुर्खेत नपुग्नु सायद जिवनकै वेस्वाद र खल्लो हुनेछ ।
नेपाल अधिराज्यको पश्चिममा अवस्थित सुर्खेत जिल्ला मध्यपश्चिमााचल विकास क्षेत्रको सदरमुकाम हो २०५१ वर्ग किलोमिटरमा फैलिएको यो जिल्ला २८ डिग्री ४ देखी २८ डिग्री ५८ उत्तरी अक्षांस र ८० डिग्री ५९ देखी ८२ डिग्री २ पुर्वि देशान्तरमा अवस्थित छ । यसको सिमांकन गर्दा पुर्वमा सल्यान पश्चिममा डोटिकैलाली र अछाम उत्तरमा जाजरकोट दैलेख र अछाम पर्छन भने दक्षिणमा वर्दिया र कैलाली पर्दछन ।
समुन्द्र सतहबाट १९८ मिटर देखी २७९२ मिटर सम्मको उचाइमा फैलीएको यस जिल्लाको औषत तापक्रममा समशितोष्ण जलवायु मा १४ सेन्टिग्रेट र उश्णमा २७ सेन्टिग्रेट रेकर्ड गरिएको छ । वर्षाको औषत रेकर्ड १६११।९ मिलीमिटर छ र हिउँदमा जिल्लाको पश्मिीभागमा केहि वढि वर्ष हुन्छ भने बर्षा याममा पुर्विभागतिर केहि वडि मात्रामा बर्षा भएको पाइएको छ ।
यस जिल्लाभित्र वग्ने प्रमुख नदिनालामा कर्णाली भेरीसोतखोलाचिङगाड झुप्रा लगाएत साना ठुला गरी कैयौ खोलाहरु वग्दछन भने विभिन्न ताल तलैया स साना कैयन उपत्यकाले गर्दा साँच्चै सुर्खेत उपत्यका समग्र सुर्खेत जिल्ला स्वर्गको अर्को अनुपम उदाहरण जस्तो महसुस हुन्छ ।
कृष्ण कँडेल (लोक गायक)
सुर्खेत, वावीयाचौर-८, लालिकाँडा
हाल - माउन्टेन टेलीभिजन, काठमाण्डौ










