Home Places Deutibajai
Kakrebihar
Surkhet District
Ghantaghar
Bulbule
Deutibajai

गङ्गामाला देउतीबज्यैको प्रसङ्ग राजी जातिसँग जोडिएको छ । राजीहरु सुर्खेत जिल्लाका आदिवासी जातिहरु हुन । विक्रम सम्वतको सातौं शताब्दीतिर सुर्खेत राजीहरुको राज्य थियो । तत्कालीन समयमा हालका राजीको पूर्वजहरुलाई राज्य सञ्चालनकर्ताको रुपमा राजा भन्ने गरिन्थ्यो निकै समयपश्चात राजीहरुको राज्यलाई बाह्य मुलुकबाट आक्रमण गरियो । यीनीहरु पराजित र राज्य गुम्नु पुग्यो । तत्कालीन राजाका दर–सन्तान हालका राजीहरु राज्यविहिन भएपछि जंगलमा कन्दमूल खाने र जंगलमामै बस्ने गर्न थाले कयौं समय वित्यो । यसरी कन्दमूल खाएर दैनिक गुजरा चलाउन मुस्किल परेपछि यीनीहरु नदीकिनारा (सुर्खेतको भेरी नदी) मा बसेर माछा मार्ने र काठमा डुङ्गा बनाएर बटुवालाई वारीपारी गराई जिन्सी तथा नगद पारीश्रमीकको रुपमा लिन थाले । यो ठाउँ हालको सुबाघाट हो । डुङ्गा चलाउन उपयुक्त घाटको नाम सुबाघाट कसरी रहयो भन्न सकिन्न ।


विगतमा शत्रु राज्यबाट पराजित भएर डुङ्गा खियाउन बाध्य राजीहरुलाई आफ्नो राज्य रहादासम्म राजा भन्ने गरिन्थ्यो । राज्यविहिन भएर डुङ्गा खियाउन थालेपछि उनीहरुलाई स्थानीय जनताहरुले राजाजी भन्ने गरे कालान्तरमा राजाजी भन्दा भन्दै राजाजी शब्दको जा अक्षर लोप भएर राजी भन्न थालीयो । यीनै राजीहरु अहिलेका राजी हुन । तर यीनिहरु डुङ्गा खियाउने वोटे जस्ता जाति होइनन् । यीनिहरु क्षेत्री हुन् ।


देउतीवज्यैको उत्पत्तिका सम्वन्धमा अनेक किम्वदन्ती वा जनश्रुति प्रचलीत रहेको छ । जसमध्य राजी जातिका एक व्यक्ति गङ्गामाला जाल खेलीरहेको बेलामा उनको जालमा एक ब्राह्मण कन्या (जसलाई नदीले बगाएर ल्याएको थियो ) परीन । उनले ती कन्यालाई पाली हुर्काए । उनले ती कन्यालाई विवाह गरीदिन लाग्दा मानिन र अग्नीमा प्रवेश गरी देहत्याग गरीन् । यसरी देहत्याग गरेपछी त्यस राजीलाई ती कन्याले आफूले देविको रुप धारण गरेको सपना दिएकीले उनैको स्मृतिमा ुगङ्गामाला देउतीबज्यै नामक यी देवीको स्थापना गरिएको हो भनिन्छ । (सांस्कृतिक सम्पदाको प्रारम्भिक सर्वेक्षण प्रतिवेदन २०४१।०४२, पेज ५२) । तर अर्कोथरीको भनाईबमोजिम सुर्खेत जिल्लाको पूर्वमा रहेको भेरी नदी किनाराको उक्त सुबाघाटमा राज्य गुमाउन बाध्य भएर डुङ्गा खियाउने पेशा अपनाउन बाध्य भएका कुनै राजी खानदानका सहोदर तिन भाई बसोबास गर्थे । उनीहरु सबै निसनतान थिए । राज्य गुमेको र निसन्तान भएको कारणले जेठा दाजुचााही विरक्तिए । उनले भेरी नदीमा नित्य स्नान गर्ने, देविको प्राथना गर्ने र एक छाक मात्र खाने गर्दथे । श्रावण महिनाको दिन थियो नदी निकै बढेको थियो । सोही दिन विहान जेठा दाज्यू नदिमा स्नान गर्न गए । स्नान गर्दा गर्दै भेरी नदीको बीच (मिहिन) मा एउटी भर्खर जन्मिएकी कन्या बग्दै आएको देखे । भेरी नदीको पानीको बेगले उनलाई उचाल्दै पछार्दै ल्याइरहेको थियो । जेठा राजीले पौडदै गएर उक्त बच्चीलाई समातेर ल्याए । बच्ची जिउदै थिइन । उनलाई राजीले घरमा लगे । न्यानो लुगामा लट्पट्यार राम्रोसाग बच्चीको स्याहारसुसार गरे । निसन्तान राजीको घरमा कन्या देखेपछि वरीपरीका मान्छेहरुले के भन्लान भन्ने कुराले उनलाई नीकै विचल्लित गराइदियो । नभन्दै भोलीपल्ट छिमेकीहरुले बच्ची कहाबाट ल्यायौ भनेर सोधे । बच्चीको रक्षाको लागि उनले काल्पनिक ढंगले कुरा मिलाएर हिंजो सााझ देवकोटा थरका ब्राह्मण दम्पत्ति आएका थिए । मेरा घरमा उनीहरु बास बसे देवकोटाकी पत्नी गर्भिणी रहिछन् । रातमै उनी सुत्केरी भईन छोरी जन्मनेवित्तिकै उनको तत्काल मृत्यू भयो । देबकोटा बाजे चााही छोरीलाई राम्रोसँग पालन पोषण गरिदिनु भनेर आफ्नो बाटो लागे भनेर छिमेकीलाई विश्वास दिलाए । यो उनको बाहाना मात्र थियो ।


जेठा राजीले ती बालिकाको न्वारन गराए । नदीबाट प्राप्त भएकी बालिका भएकीले नदि बुझाउने शब्द गंगा र बालिका बुझाउने शब्द वाला अर्थात गंगा र वाला दुईवटा शब्द मिलाई उनको नाम गंगाबाला राखियो । गंगाबाला दिनप्रतिदिन ठूली हुदै गइन । सेतो पोसाक लगाउन रुचाउने गंगाबालालाई गंगाबाला भन्दाभन्दै उक्त नामको वा अक्षर मामा परिणत हुन गई वा ध्वनी परिवर्तन भएर गंगामाला वन्न पुग्यो ।


समयक्रममा गंगामाला विवाहयोग्य पनि भइन् । राजीले उनको विहे गर्नकालागि ब्राम्हण वर खोज्न हिडे । तर उनी विहेगर्न मञ्जुर थिइनन् । तैपनि जेठा राजीले हाल सुर्खेत जिल्ल्लाको डााडाखाली गााउको पण्डितकाल्ना भन्ने ठााउमा भट्ट ब्राम्हणसँग विहेको कुरा छिनेर उनको छोरालाई कन्या सुम्पने विचार गरे । उनीहरुपनि मञ्जुर भए । उता गंगामाला विहे नगर्ने धारण व्यक्त गर्दै थिइन् । भट्ट ब्राम्हण दुलाहार जन्ती लिएर हालको सुबाघाट पुगे । बाहिर दुलाहाको वरण हुदै थियो । भित्र दुलही बसेको कोठामा एक्कासी विजुली चम्केजस्तो झिलिक्क प्रकाश देखियो । उक्त प्रकाश तुरुन्तै आकाशमा विलिन भयो । त्यही प्रकाशसागै गंगामाला आकाशमा विलिन भइन् । जन्तीहरु उक्त घटना देखेर आश्चर्यमा परे र विना कुनै विवाद घरतिर फर्किए । यस्तो घटना देखेर गंगामालालाई भेट्टाउने जेठा राजी अर्धपागल जस्ता भए । उनी घरमा बसेनन् । भेरी नदि पार गरेर जंगलै जंगल केही पश्चिम हालको छिन्चु भन्ने ठाउमा पुगे । उनलाई हिड्दा हिड्दा थकाइ लागेको थियो । एक छिन विश्राम गर्नका लागि त्यहि एउटा रुखमुनी लमतन्न परेर पल्टिए । त्यसैबेला आकाशबाणी जस्तै कतैबाट आवाज आयो ए वुवा म गंगाबाला (गंगामाला) हु तपाईले मलाई चिन्नु भयो कि भएन । यो आवाज उनै गंगामालाको थियो । राजी झट्पट उठ्दै रुखको आड लिएर चिन्छु भन्ने जफव दिए । उक्त राजीको चिन्छु भन्ने शब्द कालन्तरमा अपभ्रंस –भई छिन्चु बन्न गयो । त्यस ठाउमा अहिले छिन्चु भनिन्छ । आफुलाई पालनपोषण गर्ने बाबु राजीले उक्त जबाफ दिएपछि गंगामालाले यसरी दु:खी भएर नहिड्नोस् म भगवति हु आपतविपत पर्दा म तपाईलाई सहयोग गर्नेछु तर समय समयमा तपाईले मलाई सम्झदै गर्नु होला भनेपछि त्यही रुखको आडमा अहिले त सिमलको रुख छ, त्यसबेला के को रुख थियो भन्न सकिन्न) एकलै एउटा मन्दिर तयार गरेर पूजागर्न थाले । यो कुरा जुम्लाका चल्ल राजाहरुलाई पनि थाहा भयो । उनीहरुले गंगामालाको पूजा गर्न त्याहा न्यौपाने ब्राम्हण (जुम्लाका थानमा पूजागर्न थानी) हरुलाई आलोपालो गरी पूजा गर्न त्यहा खटाए । विधि विधाननुसार थानीहरुले पूजाआजा गर्न थालेपछि चल्ल राजाहरुको पनि अवस्था राम्रो बन्दै गयो । थानी ब्राम्हहरुले वैदिक विधिअनुसार गंगामाला देविको पूजा गर्थे तर देविको बाहन सिंहलाई खुसी पर्न राजीहरु भने पशुवली दिने गर्थे थानीहरुलाई बली दिएको राम्रो लागेन । उनीहरुले उत्तरतर्फ लागर महावैको पूजा गर्न थाले । यसपछि उनीहरुले ६ । ६ महिनामा मात्रै छिन्चुमा गएर गंगामालाको पूजागर्ने निधो गरे थानीहरुले जेष्ठ शुक्ल पूर्णिमा र मंसिर शुक्ल पूर्णिमामा पूजागर्ने चलन चलाए । मंसिर पूर्णिमामा पूजा गरिनुको मुख्य कारण गंगामाला श्रावणमा जन्मिएकी र छोरीको अन्नप्रासन पााचौ महिनामा मात्र गरिने भएकोले अन्नप्राशन गरिएको मंसिर पूर्णिमाको दिनलाई उतविको रुपमा मान्ने चलन चल्यो । त्यसैबेलादेखि देवताको श्रुतिलिङ्गी शब्द देवी भनीनु पर्नेमा देवी न भनी देवताबाट देवती भनिन थालीयो । गंगामाला देवति त्यसैबेलाबाट भन्न थालियो । जहाासम्म बज्यैको कुरा छ तीनै भाई राजीहरुले गंगामालाको आकाशवाणिपछि निकै ध्यानसाग पूजा आजा गर्ने गरेकाले माहिला कान्छा भाईका र कान्छा भाईका छोराछोरीहरु जन्मे उनीहरुले देवकोटा ब्राम्हणकी छोरी फुपु गंगामालालाई बज्यै भनेर सम्झन थालेपछि गंगामालाको पुरा नाम गंगामाला देवती बज्यै रहन गयो ।


वि.स.१९८६ सालमा सुर्खेतको गोठिकाडामा माल अड्डा गरिएपछि भुरा राजी नामक पुजारीले छिन्चुबाट गंगामाला देवती बज्यैको टागो मन्दिरबाट ल्याएर लाटीकोइली नयाागाउमा मन्दिर स्थापना गरी पूजाआजा गर्न थालियो । राणाकालभरी थानी र राजी मिलेर त्यही पूजा गर्ने गर्थे । त्यसै वेलादेखि मन्दिर वरपरका देउतीबज्यैका भक्तजनहरुबाट पाथी उठाएर खान थाले । तर पछि फेरी थानीहरुले पाठो काट्ने ठाउमा पूजा नगर्ने भनेर वीरेन्द्रनगर उपत्यकाको पश्चिम भागमा रहेको तिनकुनेमा पूजागर्न थाले । केही वर्षपछि स्थानीय प्रयागदेव गिरीले उक्त नया गाउको गंगामाला देउतीबज्यैको मन्दिरलाई पिपिरा आफ्नो जमीनमा स्थानान्तरण गरे अहिले पनि देउतीबज्यैको दैनिक पूजापाठ राजीहरुले नै गर्ने गर्दछन् ।
गंगामाला देउतीबज्यैको उत्पत्ती सम्बनधमा अर्को जनश्रुति छ –कर्णाली अञ्चल डोल्पा जिल्ला कोटगाउमा धार्मिक विचारका अपुता वाहुन जातिको बूढाबूढी बस्दथे । बूढाबूढीले कोटमा भएकी श्री त्रीपुरासुन्दरी माइको मन्दिरमा नित्य पूजाआजा गर्दथे । वुढाको आगनमा एउटा धान कुट्ने ढुङ्गाको ओखल थियो । त्यस कोट गाउमा मानिसहरु धान कुट्न थाल्दा जति धान हो । उती नै चामल हुन्थ्यो । यस्तो आश्चर्य देख्दा यो ओखलमुनी के छ त भनेर ओखललाई उखेलेर हेर्दा शुन्दरी परिको रुपमा सात वहिनी देखिएछन् । उनीहरुलाई छोपी राख्न खोज्दा सातै वहिनीले भेरी नदिमा हाम फाली पानीमा वग्दै आइन् । चार वहिनीलाई राजी जातका मानिसहरुले भेरी नदिको पानीमा जाल हान्दा भेटाइ नदिको कीनारमा देविको मन्दिर बनाइ देवीको रुपमा पूजागर्ने गरेको भन्ने कुरा डोल्पाका मानीसहरुले सुनी गंगामालालाई फिर्ता लिन सुर्खेतमा आउदा गंगामाला रिसाइ अलप भइन र पछि उनीहरु डोल्पा फर्किएपछि फेरी उत्पत्ति हुन भन्ने भनाइ छ ।
देउती माइका ७ वहिनीहरुको नाम यसप्रकार छ ।


१) केशमाला (सल्यान कालीकामाटी)
२) रतनमाला (सुर्खेत गोच्चेपोखरा)
३) रुद्धमाला ( सुर्खेत सुबाघाट)
४)चतुर्माला (कल्याण सुर्खेत)
५) चामामाला (बबैगुठी बर्दिया)
६) राममाला (छिन्चु सुर्खेत)
७) गंगामाला (नयाा गाउा पिपिरा सुर्खेत)


राजीहरुले भेरी नदीमा जाल हान्दा भेटिएकी कन्याको स्वरुप देखेपछि राजी आश्चर्यका साथै त्रसित भए । सो देखि देवतिले तिमी नडराउ बरु मलाई उपयुक्त ठाउमा स्थापित गर भन्दा राजीले हामी मतवाली जाति हौ । माछा, मासु खाने जातका हौ भनी असमर्थता प्रकट गर्दा देवतिले राजीहरुले पूजा गरेपछि आफू सन्तुष्ठ हुने कुरा व्यक्त गरीन् । त्यस पश्चात राजीहरुबाट नै देवतिको पूजा चल्दै आएको हो भन्ने भनाई छ ।


गंगामालाको पछाडी देवतीबज्यै उपनाम थपिएको सम्वन्धमा अर्को किबदन्ति यसप्रकार छ । लाटीकोइली गा.वि.स. वडा. न. २ मा पर्ने गाउामा एउटी विधवा वाहुनी बस्दथिन् । एक दिन उनका घरमा नातेदार पाहुना आइ बसेछन् । विहान उठेपछि पाहुनाले यो बुढी त वोक्सिीनी रहेछ भनी आरोप लगाउदा आफुलाई बोक्सेनी भनेको आरोप सहन नसकी गंगामालाको मन्दिरमा आत्माहत्या गरी मरिछन् । केही समय पश्चात अकालमृत्यूका कारण प्रेत आत्माले गाउका मानिसहरुलाई सताउन थाल्यो । ब्राम्हणहरुद्धारा होमयग्य पाठ गर्न लगाएपछि प्रेत आत्मा सान्त भयो । पछि देउतीबज्र्यै भन्ने उपनाम थपी शक्तिको रुपमा श्री गंगामाला देउतीबज्यै भनी पूजागर्न थालियो । पुरानो मन्दिर नया गाउमा अद्यपी छदैछ । यहा मंसिर पूर्णीमामा पूजा लाग्छ । मालसामान हरायो चारी भयो कसैले अन्याय अत्याचार गरी दु:ख कष्ट दियो, गाई भैसी हराए, विरामी भए उनै उल्लेखनिए काम गर्ने चाहाना जागिरत भयो भने मेरो फलाना काम पुरा होस् भनी अक्षता ध्वजा उठाई भाकल गरेमा सोचेका कुरा पुरा हुने भएकोले गंगामाला देउतीबज्यैप्रति जन आस्था र विश्वास गर्दै गएको पाइन्छ । देउतीबज्यैले अन्यायीलाई रगत छाद्ने गराउछिन् भन्ने अलौकिक डरले मानिसहरु डराउछन् । कसैले कवुलबमोजीम पूजाआजा र बली नदिएमा भाकल गर्नेलाई नै अनेक आपत्ति र दु:ख कष्ट आइपर्ने हुदा कबुल पुरा गर्नु अनीबार्य मानिन्छ ।


एकादशी, औाशी, आइतबार, संक्रान्तीका दिनमा बलीदीन मनाइ छ । परेवाको बलीदिने प्रथा पुर्व राजा विरेन्द्रको सुर्खेतमा भ्रमण पश्चात हटाइ परेवाको जोडी उडाउने चलन चलाएको छ । घण्ट,ध्वजा, त्रिशुल,अक्षता फलफूल धुप चढाई खुट्टामै पूजा आराधना गरीन्छ ।


वि.स. १८१२ सालमा ताक्लाकोटमा नेपाल र तिब्बतको लडाइ हुदा भोटका सैनिकलाई नेपाली विर गोरखाली सैनिकहरुले हराई विजय गरी फर्कीआउदा विजय भएको उपत्यकामा सैनिकहरुले चढाएको तोप, तलवार, खुकुरी र संगिन आज जीर्ण अवस्थामा गंगामाला देउतीबज्यै मन्दिरको नजिकै पिपलको रुखको चौतारीमा पाइन्छन् । सो ठाउमा सालि भिनाको पाइताला भनिने चारखुट्टाको पदचिन्ह भएको ढुङ्गा समेत पाइन्छन् । ती बस्तुहरु फरीका राजाले काक्र्रेविहारबाट ल्याइ राखेको भन्ने भनाइ छ ।
२०२९ सालमा वर्तमान राजा श्री ५ विरेन्द्रबाट जीणोद्धार भएको गंगामाला देउतीबज्यै मन्दिरको ढोका पूर्वतर्फ फर्केको छ । ढोकाको दायाावााया भित्तामा घडा, कलश, फूल, माछा, अष्ठकोठा, आाखाको चित्र र ढोकामाथी भैरवको चित्र अंकित छ । पश्चिम भित्तामा पिचास र नरकंकालको चित्र छ भने उत्तरमा माहालक्ष्मी चामुण्डा इन्द्रायणी र दक्षिणमा ब्रम्ह्चायणी, रद्रायणी, कौमारी र वैश्णावीको चित्र बनाइएको छ । दाहीने भित्तामा पुर्व राजा विरेन्द्रको ताम्रपत्र राखिएको छ ।


तामाको पातामा विचमा गणेश भगवानको मूर्ति र दायाा तर्फ चन्द्र र वाया तर्फ सूर्यको चित्र अंकित छ । ताम्रपत्रमा लेखिएको व्यहोरा यसप्रकार छ – श्री ५ माहाराजधिराज विरेन्द्र विरविक्रम शाहादेवबाट राज्यारोहण गरी बक्सेको पहिलो वर्षमा सुर्खेत जिल्लालाई मध्यपश्चिमाअञ्चल विकाश केन्द्र घोषित गरीबक्से पछि यस जिल्लामा पाच हप्ता राज हाइबक्सी यस जिल्ला र पश्चिमाअञ्चल क्षेत्रको वस्तु स्थीति र विकाश सम्भाव्यताहरुको अध्ययन र चाहिदा निर्देशनहरु समेत बक्सि, सवारीको अन्तमा यस उपत्यकामा रहेको प्रसिद्ध गंगामाला देउतीबज्यै मन्दिरको जिणोद्धार र वैद्धीक परम्परा अनुरुप पूजा समेत गरीबक्सियो । इति सम्वत २०२९ साल माघ १ गते रोज ७ शुभम ।


वि.स. २०२९ र २०३४ सालमा यस गंगामाला देउतिवज्यैको जिर्णद्धार र सम्वन्र्धन भएको थियो । करिव १०/१२ फिट अग्लो र फीट वर्गाकार रुपमा रहेको यो मन्दिर ईटा, सिमेन्ट, स्लेट, काठ फलाम आदिवाट वनाईएको छ । छाना स्लेटको छ ढलोटको घष्ट र देवतिका वाहन सिहहरु पनि राखिएका छन् १ फुट अग्लो र ४ गोलाई भएको आसनमा अर्को आसन पनि वनाईको छ । जो १ंं.५ फिट जति अग्लो र ३ फीट जति गोलाइको छ । त्यसमा देवीको चाादनीको मुर्ति राखिएको छ ।