जानकी सिंह संगको कुराकानि
Author : Kankrebihar Daily, Date : 24 Jul 2012
सुर्खेत जिल्लाको राजनीतिक क्षेत्रमा चिरपरिचित महिलाहरुमध्ये एक हुन् जानकी सिंह । घर व्यवहार सँगसँगै राजनीतिलाई पनि अगाडि बढाएकी सिंह नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसमते रहिसकेकी सिंह हाल महिला संघको केन्द्रीय सदस्य भएर राजनीतिमा सक्रिय छिन् । प्रस्तुत छ, सिंहसँग सुनिता पन्तले गरेको कुराकानी ।
+ दिनहरु कसरी बितिरहेका छन् ?
– पहिलेदेखि नै राजनीति गर्थे । राजनीति गरेरै वितिरहेको छ ।
+ राजनीति गर्ने प्रेरणाचाहिं कहांबाट पाउनुभयो ?
– पञ्चायतकाल देखिनै बुबाले बहुदलबादी भएर राजनीति गर्नुहुन्थ्यो । जसका कारण बुबा धेरै चोटी जेल पनि पर्नु भएको थियो । मैले आफ्नो बुबाको प्रेरणा र महिलाको पीडाले गर्दा पनि मैले राजनीति गर्ने प्रेरणा प्राप्त गरे ।
+ सक्रियरुपले राजनीति कहिलेदेखि गर्नुभयो ?
– मैले विद्यार्थी जीवनदेखि नै राजनीति गर्थे । सक्रिय रुपले चाहिं २०४६ साल देखि गरें ।
+ सुर्खेत जिल्लाको राजनीतिक अवस्था कस्तो देख्नुभएको छ ?
–अन्य जिल्लाको तुलनामा त यहा“ धेरै राम्रो छ । विकास निर्माणका सवालमा होस् या अन्य सवालमा क्षेत्रीय सदुरमुकाम भएको कारणले पनि विभिन्न दलहरुबीच एकता भइरहेको छ । सुर्खेतमा कांग्रेसको संगठन नमूनाको रुपमा रहेको छ ।
+ राजनीतिक क्षेत्रमा महिलाको कस्तो अवस्था देख्नुभएको छ ?
– एकदमै गाह्रो छ । किनभने थुप्रै कुराहरु चुनँैतीपूर्ण छन् । घरमा, समाजमा र पार्टी भित्र पनि चुनँैतीहरु छन् । सबै पार्टीमा सामाजिक संरचनालाई पर्दाफास गर्न धेरै कठिनाई छ ।
+ पिछडिएका महिलाहरुलाई राजनीतिमा ल्याउन के गर्नुपर्ला ?
–अहिले त महिला सञ्जाल गठन भएको छ । सबै राजनीतिक पार्टीहरुबाट त्यस्ता महिलालाई राजनीतिमा ल्याउनका लागि थुप्रै कामहरु भएका छन् । महिलाहरुको साझा सवालको निम्ति सबै महिलाहरु एकजुट हुने वातावरण हामीले बनाएका छौं । त्यसैले वडा तहका महिलाहरुले राजनीतिमा पहिलाको तुलनामा अहिले बढी चासो देखाएका छन् ।
+ राजनीतिक क्षेत्रबाट विशेष के उपलब्धी पाउनुभयो ?
– थुप्रै उपलब्धीहरु हासिल गरें । शुरु शुरुमा राजनीति गर्दाखेरी थुप्रै सवालहरु सम्बोधन भयो । स्थानीय स्तरमा बजेट पनि छुट्यायो । जिविसमा महिलाहरुको समिति गठन भएको छ । दलित, जानजाति, नितान्त पछाडि परेका व्यक्तिहरुलाई माथि उठाउन राज्यले सम्बोधन गरेको छ ।
+ तपाईलाई सबैभन्दा मन पर्ने राजनीतिज्ञ को हो नि ?
– मलाई गणेशमान सिंह र मंगलादेवी सिंहको विचारहरु मन पर्छ । उहा“हरुले आफ्नो सम्पत्ति सकेर भएपनि निःस्वार्थरुपले राजनीति गर्नुभयो । उहा“हरु थुप्रै त्याग तपस्या गर्ने नेताहरुमध्ये पर्नुहुन्छ ।
+ तपाई यहां सम्म आईपुग्नको लागि कत्तिको संघर्ष गर्नुभयो ?
– संघर्ष त थुप्रै गरें । पुरुषहरु मस“ग बोल्न चाहानु हुन्थेन । आफन्त र छिमेकीहरुले राजनीति गरी भनेर रिस गर्थे । मैले वडा अध्यक्ष्ँमा जित्दा धेरै पुरुषहरुले वडा अध्यक्ष्ँज्यूलाई कसरी नमस्कार गर्ने भन्ने सवाल उठाउनुभएको थियो । त्यसकारण मैले आफै सबैलाई नमस्कार गर्थे ।अहिलेचाही यस्तो अवस्था छैन । यस्ता संघर्षहरु मैले थुप्रै गरें ।
+ पार्टीमा कत्तिको सक्रिय भएर लागेको छु जस्तो लाग्छ ?
– विगत २०/२५ वर्षदेखि पार्टीमा निरन्तर लागिरहेको छु । उपलब्धीहरु पनि धेरै भए । पार्टीले मलाई महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसम्म र महिला संघको केन्द्रीय सदस्यसम्म पुर्याएको छ । पार्टीको सिपाहीकारुपमा पनि निरन्तर लागिरहेको छु ।
+ (प्रसंग बदलौं), तपाईको बाल्याकाल कसरी वित्यो नि ?
– एकदमै रमाईलोसग वित्यो । मेरो बुबाले मलाई छोरा सरह व्यवहार गरेर हुर्काउनुभयो । खान लाउन हरेक कुरामा मलाई यो छोरा हो भनेर सम्बोधन गर्नुहुन्थ्यो र मलाई एकदमै हौसला प्रदान गर्नुहुन्थ्यो ।
+ तपाईको विवाह कसरी भयो नि ?
– विवाह परम्परागतरुपमा २०४३ साल लाटीकोइलीमा भरतप्रताप सिंह मागेर भएको थियो ।
+ श्रीमान र श्रीमतीबीच कत्तिको झगडा हुन्छ नि ?
– मेरो श्रीमान् बुझ्ने मान्छे भएका कारण कुनैपनि कुरामा झगडा हुंदैन ।
+ तपाईको दुःखद् घटना छ कि ?
– मेरो बुबा बहुदलवादी हुनुहुन्थ्यो । बहुदल नआउंदै २०४५ सालमा बुबाको निधन भयो । देशमा बहुदल आएको हेर्ने बुबाको एकदमै इच्छा थियो ।
+ तपाईलाई परिवारको कत्तिको सहयोग छ ?
– शुरुमा अलिकति गाह्रो भयो । अहिलेचाहि एकदमै सहयोग गर्नुहुन्छ ।
+ पहिलो चोटी आमा बन्दा कस्तो महसुस भयो ?
– युवतीको जीवन र आमा भएको जीवन धेरै नै फरक लाग्यो । आफू आमा बन्न पाएकोमा एकदमै खुशी लाग्यो । पहिलो बच्चा छोरी भएको कारण पनि मलाई एकदमै खुशी लागेको थियो ।
+ दुःख पर्दा कत्तिको रुनुहुन्छ ?
– दुःख पर्दा म कहिलेपनि रुन्न । एकदमै साहसी भएर काम गर्ने गर्छु ।
+ गीत संगीत कत्तिको सुन्नुहुन्छ ?
– बढीजस्तो महिलाहरुको समाचार सुन्छु । समय मिलेसम्म गीत संगीत पनि सुन्ने गर्छु ।
+ अन्यमा केही भन्न चाहानुहुन्छ की ?
– महिलाहरु विभिन्न चुनौतीको बाबजुदपनि अगाडि बढ्नुपर्छ । निर्णायक तहसम्म महिलाको पहुंच नभएसम्म महिलामुक्ती हुंदैन । राजनीतिदेखि लिएर शिक्षालगायत हरेक कुरामा महिलाहरु अगाडि बढ्नुपर्छ भन्न चाहान्छु ।
- दुर्गममै बसेर सेवा - डा. रीता भण्डारी -
17 Dec 2012 - गाउनका लागि - स्मृती शाही -
17 Dec 2012 - जानकी सिंह संगको कुराकानि -
24 Jul 2012 - सुमिना घिमिरे सङ्गको कुराकानि -
25 Apr 2012









